प्रदेश १ सभामा कर विधेयक पारित



विराटनगर, असोज ११

प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले सो सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरियोस् भनी बुधबार प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो ।

यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०२ बमोजिम प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को दफा १ देखि ५७ सम्म अङ्ग बनोस् भनी सभामुख प्रदीपकुमार भण्डारीले सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी प्रदेश नं १ को प्रदेशसभा नियमावलीको नियम १०३ बमोजिम प्रस्तावना, नाम र प्रारम्भ प्रदेशको कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को अङ्ग बनोस् भनी उहाँले सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

साथै प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ कोे नियम १०५ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका अध्यक्ष लोकप्रसाद सङ्ग्रौलाले प्रतिवेदनसहित सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सभामा पेश गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News