पत्नीको उपचारका लागि प्रचण्ड सिंगापुर प्रस्थान


 


काठमाडौँ, असोज ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिंगापुर प्रस्थान गर्नुभएको छ ।

यसअघि उहाँको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आउनुभएको छ । उहाँका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ जानुभएको छ । नेपालमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । रासस

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्