राजधानी गोदावरी सारिएपछि धनगढीमा आमहड्ताल (तस्बीरसहित)


 


धनगढी, असोज ११
प्रदेश नम्बर ७ को स्थायी राजधानी कैलालीको गोदावरी सारिएपछि अस्थायी राजधानी धनगढीमा आज आमहड्ताल गरिएको छ । अस्थायी राजधानी धनगढी कैलालीको सदरमुकाम पनि हो ।

प्रदेश नम्बर ७ को विशेष संसदीय सुझाव समितिले  राजधानीलाई धनगढीबाट करिब २० किलोमिटर टाढा गोदावरी जंगल क्षेत्रमा बनाउने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेपछि धनगढीमा आन्दोलन सुरु भएको छ । बन्दले यातायात, शैक्षिक संस्था, कलकारखाना पूर्णरुपमा ठप्प छन् ।

धनगढीमा अबौं रुपैयाँ खर्च गरेर स्तरोत्नति गरिएका संरचनाहरुलाई छोडेर वन फडान गरि राजधानी बनाउन नपाइने भन्दै नगरबासी आन्दोलनमा उत्रिएका छन ।

राजधानी र नामाकरणको विषयमा हिजो प्रदेशसभामा छलफल भइरहँदा नगरबासीले प्रदेशसभा कार्यलयको गेट अगाडि टायर बाल्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा धनगढी उपमहानगरापलिकाका प्रमुख नृप वडसहित सबै वडाका वडाध्यक्ष, नगरबासीलगायतको सहभागिता रहेको थियो । उनीहरुले प्रदेश सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्