थारु चलचित्रका नायक चौधरीद्वारा आत्महत्या


 


धनगढी, असोज ११
थारु चलचित्रका नायक आशिष चौधरीले आत्महत्या गरेका छन् । उनले बुधबार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित आफैले सञ्चालन गरेको रेष्टुरेन्टमा आत्महत्या गरेका हुन् ।

धनगढी उपमहानरपालिका वडा नम्बर ५ जालीका ३२ वर्षीय चौधरीले रेष्टुरेन्टकै एक कोठामा दोपट्टा घाँटीमा बाँधेर पंखामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि ओलीले मृतक चौधरीको एक यूवतीसंग अवैध सम्बन्ध रहँदै आएको बुझिएकाले त्यसबारे पनि अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । चौधरी विवाहित हुन् । उनको शव पोष्टमर्टमको लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।

डेढ दशकदेखि थारु चलचित्र उद्योगमा काम गर्दै आएका डंगौराले कमस टोहार, कमस टोहार–२, इ कसिन टक्दीर फिल्मलगायतका फिल्महरुमा अभिनय गरेका छन् । साथै उनले दर्जनौं म्युजिक भिडियोहरुमा पनि अभिनय गरेका छन् ।

प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्