सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने
धनगढी, असोज ११
जल तथा मौसम विज्ञान विभागले सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने सम्भभावना रहेको जनाएको छ ।
वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: ११ आश्विन २०७५, बिहिबार