महोत्तरीमा मेयरले लेखा अधिकृतलाई झापड हानेपछी….



जनकपुर, असोज ११

महोत्तरीको भँगाहा नगरपालिकाका मेयरसञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् ।  कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ ।

पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको मेयर शाहले स्वीकार गर्नुभयो। मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् ।

मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानूनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News