सुविधाभोगी जनप्रतिनिधि, मोटरसाइकल चलाउन पनि चालक भर्ना !


 


गुल्मी, असोज १२
मोटरसाइकल चलाउन पनि चालक भर्ना गरिएको सुन्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ ।

तर, यो वास्तविक हो । गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले मोटरसाईकल चालक सुविधा लिएका छन् । नागरिकमा खबर छ ।

लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका उनले दैनिक कार्य सम्पादनका लागि यस्तो सुविधा लिएका हुन् । मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलाई चालक राखेका हुन् ।

जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक पनि भर्ना गरेपछि स्थानीय आक्रोशित बनेका छन् ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्