प्रहरी प्रमुखमाथि नै अनुसन्धान, बलात्कारी बचाउन खोजेको आरोप


 


बर्लिन, असोज १२
जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुखमाथि नै अनुसन्धान गरिरहेका छन् । अपहरण सम्वन्धी मुद्दामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् ।

अपहरण जस्ता विभिन्न घटनामा संलग्न रहेको भन्दै प्रहरी प्रमुख डिएटर रोमनका विरुद्ध थुप्रै सर्वसाधारणले उजुरी दिएपनि उनीमाथि पनि अनुसन्धान अगाडि बढाइएको बाइएको छ ।

उनीमाथि कुर्दिसको नियन्त्रणमा रहेको इराकको उत्तरी क्षेत्रमा एक महिलालाई बलात्कार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई जोगाउन खोजेको आरोप छ । त्यसका लागि उनी आफै इराक यात्रा गएकोलगायतका थुप्रै आरोपहरु लगाइएको छ । रासस÷एएफपी

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्