डा. गोबिन्द केसी सरकारसँग रुष्ट, पुन : अनसनको चेतावनी



काठमाण्डौँ, असोज १२

चिकित्सा शिक्षा विधेयकका लागि पटक पटक अनसन बस्दै आउनुभएका डा. गोविन्द केसी सरकारसँग रुष्ट बन्नुभएको छ । केसीले सरकारलाई थाहा नै नदिई अनसन बस्ने चेतावनी समेत दिनुभएको छ ।

विगतका सहमति विपरित विधेयक संसदमा नल्याई दोस्रो अधिवेशन सकिएको भन्दै अनसनमा बस्ने चेतावनी दिनुभएको हो । यसपटक उहाँले कुशासनको अन्त्य र चिकित्सा शिक्षा ऐन तत्काल कार्यन्वयन नभए नागरिक हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरुलाई जवाफदेही बनाउने लगायतका माग राखी विना जानकारी १६ औं सत्याग्रह सुरु गर्न बाध्य हुने बताउनु भयो ।

डा. केसीले जारी गरेको विज्ञप्तीमा अध्यादेशलाई तोडमोड गरेर संसदमा विधेयक प्रस्तुत गर्नु र चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका सरकारी विभागीय मन्त्रिनै प्रधानमन्त्री स्वयमको पहलमा भएको सम्झौता विरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको विधेयकमा अवरोध गर्नु गैर जिम्मेवारपूर्ण भएकाले शिक्षामन्त्री सो पदमा रहिरहनु नैतिक रुपमा अशोभनीय भएको बताईएको छ । उहाँले शिक्षामन्त्रीको राजीनामा समेत माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News