१८ वटा कम्पनी आईपीओ स्वीकृतीको पर्खाइमा


 


काठमाडौं, असोज १२

विभिन्न १८ वटा कम्पनीको ३ करोड ९७ लाख ३ हजार ४१६ कित्ता आईपीओ स्वीकृतीको पर्खाइमा रहेका छन् ।  ३ अर्ब ९७ करोड ३ लाख ४१ हजार ६ सय रुपैयाँ बराबरको ३ करोड ९७ लाख ३ हजार ४१६ कित्ता आईपीओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृतको पर्खाइमा रहेका हुन् ।

डेढ दर्जन कम्पनी आईपीओको पखाईमा हुँदा ३ वटा कम्पनीको १ अर्ब १४ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख १६ हजार कित्ता आईपीओ भने धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । स्वीकृत भएकोमा एउटा कम्पनीको आईपीओ निष्काशन पनि भैइसकेको छ । कालिका पावर कम्पनीले १२ लाख कित्ता आईपीओ निष्काशन गरिकेको छ भने बाँकी २ वटा आउनेमा क्रममा रहेको छ । त्यस्तै हकप्रद शेयरमा ७ वटा कम्पनी धितोपत्र बोर्डमा स्वीकृतिको कुरेर बसेका छन् ।

ति कम्पनीको हकप्रद शेयर ३ अर्ब ४५ करोड ९ लाख २ हजार ४८१ रुपैयाँ बराबरको ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता शेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डबाट हकप्रद शेयरका लागि स्वीकृति पाएको एउटा मात्र कम्पनी स्वदेशी लघुवित्त वित्तीय संस्था रहेको छ । जसको ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर स्वीकृति भएको छ ।

जसको हकप्रद शेयर १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर असोज २३ गतेदेखि खुल्ला हुने भएको छ । यस कम्पनीमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले कात्तिक २६ गतेसम्म हकप्रदका लागि आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्