ओली र प्रचण्ड विदेश भएका बेला माधव नेपालले किन बोलाए भेला ?



काठमाण्डौँ, असोज १२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्य भेला गर्नुभएको छ ।

आज काठमाडौंमा चियापान कार्यक्रम नाम दिइएको सो भेलामा नेकपाका बरिष्ठ नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ लगायत उपस्थित भएका थिए ।

भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रीत भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउन माग गर्नुभएको थियो । उहाँले स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गरेको समेत स्रोतले जानकारी दिएको छ । उहाँले सरकारले गरेका काम कारवाही समेत चित्त नबुझेको भन्दै त्यसबारेमा समिक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सो भेलामा नेकपाका अर्का वरिष्ठ नेता वामदेव गौतमले नेता नेपालले उठाएको विषयमा सहमति जनाउँदै छिटो स्थायी कमिटीको बैठक बोलाउन दवाव दिनुभएको थियो । नेता नेपालले पार्टीको प्रदेश पदाधिकारी चयन गर्दा छलफल गरेर चयन गर्नुपर्ने बताउँदै आउनुभएको थियो ।  ४५ सदस्यीय स्थायी समितिमा तत्कालीन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News