बैदेशिक रोजगारीमा ज्यान गुमाउने बढे, कति शव आउँछन् दैनिक ?


 


काठमाडौं, असोज १३
बैदेशिक रोजगारीमा ज्यान गुमाउनेको संख्या दैनिक बढ्दै गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक चार÷पाँच जनाको शव भित्रिने गरेको छ ।

बिहीबार एकैदिन पाँचवटा शव नेपाल आइपुगेका छन् । जसमा चारवटा मलेसियाबाट र एउटा कतारबाट आएका थिए। कान्तिपुरमा खबर छ ।

काम सम्बन्धी जानकारी अभाव र अबैध तरिकाले विदेशमा बस्नेलगायतका कारण बैदेशिक रोजगारीमा जाने नेपालीहरुले ज्यान जोखिममा पर्दै गएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्