विवाहको प्रस्ताव अस्विकार गर्दा बलात्कार



झापा, असोज १३

विवाहको प्रस्ताव राखेर युवतीलाई बलात्कार गरेको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कचनकवल गाउँपालिका–७ निवासी २५ वर्षीय हिमाल न्यौपाने रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही गाउँपालिकाकी १९ वर्षीय एक युवतीलाई प्रेममा पारी न्यौपानेले विवाहको प्रस्ताव राखेका थिए । विवाहको प्रस्ताव नमानेपछि गत सोमबार दिउँसो युवतीलाई बलात्कार गरेको उजुरी पीडितका परिवारले स्थानीय प्रहरी कार्यालयमा दिएका थिए ।

प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News