सिदार्थ स्कुलमा रोट्याक्टको तालिम


 



धरान ।रोट्याक्ट क्लब अफ धरान घोपाले विराटनगर स्थित सिदार्थ शिशु सदन स्कुलमा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम दिएको छ ।विभिन्न कारणले विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्ध ज्ञान हुनु जरुरी भएकाले विद्यालयहरुमा प्राथमिक उपचार सम्बन्धी तालिमहरु दिइएको रोट्याक्ट क्लब अफ धरान घोपाकी जनसम्पर्क प्रमुख सृजना मैनालीले जानकारी दिइन ।

विराटनगर स्थित सिदार्थ स्कुलमा विद्यार्थीहरुलाई घाउको सरसफाई,रगत बगेको रोक्ने,आँखाको सुरक्षा,हड्डीमा चोट लाग्दा अपनाउनु पर्ने साबधानी,बेहोस हुदा अपनाउनु पर्ने साबधानी जस्ता बिषयमा जानकारी दिइएको थियो ।रोट्याक्टले जिवन सुरक्षा कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई तालिममा सहभागि गराइएको हो ।

कार्यक्रम सामुदायीक सचेतना कार्यक्रम अन्र्तगत पुर्वका विभिन्न विद्यालयहरुमा कार्यक्रम गरिने कार्यक्रम कम्युनीटी सर्भिस डाइरेक्टर इरु प्याकुरेलले जानकारी दिइन ।तालिम पश्चात विद्यालयलाई प्राथमिक उपचारका लागि आवश्यक सामाग्रि सहितको मेडिकल सामाग्रि स्कुललाई उपलब्ध गराइएको जनसम्पर्क प्रमुख सृजना मैनालीले जानकारी दिइन ।

स्कुलमा सृजना मैनाली,उर्मिला देवान,इरु प्याकुरेल,प्रियङका ठकुरीले प्राथमिक उपचार सम्बन्धी तालिम दिएका थिए ।रोट्याक्ट क्लब अफ धरान घोपाले गरेको यो बर्ष तिन वटा प्राथमिक उपचार सम्बन्धि तालिम सञ्चालन गरिसकेको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्