मालपोतका प्रमुखहित चार कर्मचारी पक्राउ


 


काठमाडौं, असोज १४
धनीलाई थाहै नदिई करिब १० करोड रुपैयाँबराबरको जग्गा बिक्री भएको खुलेपछि मालपोत कार्यालय चाबहिलका प्रमुखसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोतका प्रमुख कमलप्रसाद तिमल्सिना, नासु चन्द्रबहादुर श्रेष्ठ र कार्यालय सहयोगीद्वय मुकुन्द धिताल र रमेश महजर्न छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो ।नयाँपत्रिकामा खबर छ ।

सो कार्यालयबाट यसअघि नै चार जना पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा कार्यलय प्रमुखसहित थप चार जनालाई पक्राउ गरेको हो । मालपोत कार्यालयका कर्मचारीहरूले जग्गा धनीका फोटो परिवर्तनमा सहयोग गरेको आशंका गरिएको छ ।

व्यवसायी चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठ–१६ स्थित ४० आना जग्गा एक महिनाअघि उनलाई थाहा नै नदिई नक्कली कागजपत्रका आधारमा बिक्री भएको थियो ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्