वडा कार्यलय सार्न माग गर्दै तालाबन्दी


 


उदयपुर ।वडा कार्यालय नसारेको भन्दै उदयपुरको बेलका नगरपालिका वडा नं. १ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।वडा कार्यालय अपायक ठाउमा भएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

गतबर्ष भएको नगरसभामा भालमन्दी भन्ने ठाउँमा वडा कार्यालय सार्ने निर्णय भएपनि वडाध्यक्ष दिनेश्वर प्रसाद चौधरीले सार्न नमानेपछि स्थानीयले तालाबन्दि गरेका हुन् ।

स्थानीयले कार्यालय नसारेसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन् ।वेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले संघर्ष समितिलाई तालाखोली वार्तामा बस्न आग्रह गरेका छन् । उनले नगरसभाले निर्णय गरेकै स्थानबाट अब कार्यसञ्चालन हुने बताएका छन् ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्