अग्ला र लामा पुलले परिचित जिल्लामा फेरि बन्दैछ देशकै लामो पुल
पर्वत, असोज १४
पर्वत र बागलुङ जिल्लालाई जोड्न नेपालकै लामो पूल बन्ने भएको छ । पर्वतलाई अग्ला र लामा पुल भएको जिल्लाको नामले विगतदेखि नै चिनिदै आइएको छ । यहाँ फेरि देशकै लामो पूल बन्ने भएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि पुल बनाउन लागिएको हो ।
जुन पुलको लम्बाई ५६७ मिटर हुने जनाइएको छ । निर्माण प्रक्रियासमेत सरु गरिसकेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन । रासस
प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार