निर्मला हत्याकाण्डः एसपी बिष्टसहित तीनै जनाको डीएनए नेगेटिभ


 


कञ्चनपुर, असोज १४
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा विवादित बनेका निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनै जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको छ ।

विवादित एसपी विष्टसहित उनकै छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर आयुष बिष्टको डीएनए टेष्ट गरिएको थियो ।

कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेपछि उनीहरुको पनि प्रहरीले डीएनए टेष्ट गरेको कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले बताए । तर, पनि उनीहरुलाई लामो समयसम्म अनुसन्धानको दायरामा ल्याइएको थिएन ।

प्रहरीले सुरुदेखि नै उनीहरु दोषी रहेको बताउँदै आएको थियो । एसपी विष्टले पनि अनुसन्धानमा लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको भनेपछि उनलाई पनि अनुसन्धानको दायरामा ल्याएर डिएनए परीक्षण गरिएको हो ।

छानविन समितिकै सिफारिसका आधारमा एसपी विष्टलाई निलम्बन गरिएको छ । यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट नेगेटिभ आएको थियो ।

साउन १० गते साथी रोशनी बमको घर गएकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । तर, प्रहरीले हत्यारा अझै फेला पर्न सकेको छैन ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्