कानेपोखरीमा दुर्घटना,१४ जना घाईते


 


मोरङ ।मोरङको कानेपोखरी गाउपालिका–२, स्थीत कालिस्थान मा बस दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो साढे १ बजे रंगेलीबाट यात्रु लिएर कानेपोखरी तर्फ जार्दै गरेको बस टिपरसँग ठक्कर खादा दुर्घटना भएको हो । को १ ख ३०१६ नम्बरको बस टिफर सँग दुर्घटना भएको हो ।

रमाइलो प्रहरी चौकीका असई हरि बहादुर कार्कीका अनुसार घाईतेहरुको स्थानीय र विराटनगरका हस्पीटलमा उपचार भईरहेको छ ।घाईतेमध्ये कानेपोखरी २ का गोबिनद खत्रीलाई थप उपचारको लागी विराटनगर लगिएको छ भने अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा उर्लाबारी–८,बस्ने कमला भण्डारी झापा सताशी धाम नगरपालिका ४ बस्ने सोल्मा टुडु,,कानेपोखरी–४ बस्ने कात्र्तिकलाल राजवंशी र बैशाकी रावंशी,कानेपोखरी–२, बस्ने खडक सिंह राना,भरतलाल चौधरी,दिपिका चौधरी,बसन्ती राना, र अनिता राजवंशी,झापा तोपगाछी बस्ने बंगाल मुरमु, सुन्दरहरैचा १० बस्ने हरिमाया गिरी र बुद्धीमाया गिरी रहेका छन् । दुर्घटनामा परेका बस र टिपर प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति: १४ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्