प्रधानमन्त्री ओलीद्धारा जेष्ठ नागरिक दिवसको शुभकामना



काठमाण्डौँ, असोज १५

प्रधानमन्त्री केपी शर्मा ओलीले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकहरुप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

ज्येष्ठ नागरिकहरु अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली—ओराली पार गर्दैै असीम ज्ञान, सीप र अनुभव संगालेका देशका आदरणीय बुबा—आमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य हुन नसक्ने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, ‘ज्येष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्वपूर्ण हुन्छ । त्यसैले एक पटक फेरि म ज्येष्ठ नागरिकको हक, हित संरक्षण र सम्बद्र्धनका लागि सरकारको प्रतिवद्धता दोर्होयाउन चाहान्छु ।’

संयुक्त राष्ट्र संघको आव्हानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौं भन्ने मूल नाराका साथ आज जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस अवसरमा नेपाल सरकार, महिला—बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा विभिन्न जनचेतना मूलक कार्यक्रमको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News