प्रहरीमा झण्डै आठ हजारका लागि जागिर खुल्यो, निरीक्षकदेखी खेलाडीसम्म



काठमाण्डौँ, असोज १५

प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ ।  प्रहरी प्रधान कार्यालय मानवश्रोत विभाग भर्ना छनोट महाशाखाले प्रहरी निरीक्षक १०८ जना सहायक निरीक्षक ५२४ जना र जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आव्हान गरेको छ ।

त्यस्तै भान्सेका लागि ३२० जनाको दरखास्त आव्हान गरिएको छ। १५ जना हजाम, सिलाई बुनाई सम्बन्धी १२ जना, कुचिकार १४ जना, मोचि ९ जना र खेलाडी ३० जनाको दरखास्त आव्हान गरिएको छ। प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका साथै सातै प्रदेशका प्रहरी प्रमुख कार्यालयबाट दरखास्त दिन सकिने छ।

त्यस्तै जवानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरका साथै सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालबाट पनि दरखास्त दिन सकिने छ । दरखास्त दिन असोज अठार गतेदेखि कार्तिक २९ गते सम्मको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News