दुई वटा पार्टी नेकपामा विलय


 


काठमाण्डौँ, असोज १५

राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएका छन् । दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराउनुभयो ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय जनता सर्लाहीका पूर्व अध्यक्ष नागेश्वर महतो, नेपाल पिछडावर्ग महासंघका महासचिव मनाई महतो, राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष भरत महतोले नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताउनुभयो ।

उक्त पार्टीमा देशभर १३ हजार कार्यकर्ता क्रियाशील रहेको महतोले बताउनुभयो । पार्टी प्रवेश गराउदै नेकपा महासचिव विष्णु पौडेलले नेकपा पार्टी प्रवेश गरेर गल्ती गर्याै भन्ने महसुस हुन नदिने बताउनुभयो ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्