प्रदेश १ को राजधानी कहाँ होला त ? नेकपाको संसदीय बैठक सुरु


 


बिराटनगर, असोज १५

निकै महत्व र चासोका साथ लिईएको प्रदेश नं १ को नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सुरु भएको छ । आज दिउँसोबाट सुरु भएको बैठक भोलिसम्म सञ्चालन हुनेछ ।

यस बैठकमा औपचारिक रुपमा प्रदेशको राजधानी र नामले प्रवेश पाउने भएकाले बैठकको निर्णयलाई निकै महत्व र चासोका साथ हेरिएको छ । आजको बैठकमा यसले औपचारिक प्रवेश पाउने नेकपा संसदीय दल सम्बद्ध सांसदहरुले जनाएका छन् । दशैं अगाडि नै प्रदेश १ को नाम र राजधानी टुंगाउने तयारी स्वरुप बैठक बसेको हो ।

सांसदहरुको धारण सुन्दै नेकपाले प्रदेशको नाम र राजधानीमा आधिकारीक धारणा बनाउनका लागि बैठक बसेको हो । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ भने उसको आधिकारिक निर्णय नै संसदबाट पारित हुनेछ । तत्कालिन एमालेको एकल बहुमत रहेको यो प्रदेशमा एमाले र माओवादीको एकतासँगै दुई तिहाइ बढी सांसद नेकपासँग छन् ।

तत्कालिन एमालेसँग ५१ र माओवादीसँग १६ जना सांसद थिए । यतिबेला नेकपासँग ६७ जना सांसद छन् । प्रदेशमा कुल ९३ सांसदको यो संख्या तुई तिहाइ बढी हो । हाल प्रदेशमा नेपाली कांग्रेसँग २१, संघीय समाजवादी फोरम नेपालसँग ३, राप्रपा १ र संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्च सम्बद्ध १ जना सांसद छन् ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्