जेष्ठ नागरिकको सामाजिक सुरक्षामा ध्यान दिन राष्ट्रपतिको आग्रह


 


काठमाडौँ, असोज १५

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने औल्याउनुभएको छ ।राष्ट्रपति कार्यालयद्वारा २८ औ ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा रहेका ज्ञानको पुञ्जले नै समुन्नत समाजको निर्माण गर्न सकिन्छ भन्नुभयो ।

उहाँले मानिसको जीवनचक्रानुसारको भौतिक संरचना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकलाई दया र मायाका पात्रबाट होइन, राष्ट्र निर्माणका धरोहरका रुपमा लिन आग्रह गर्दै सरकारले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षामा विशेष ध्यान जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले समाजका कला, साहित्य, राजनीति, पत्रकारिता, प्रशासन, चिकित्सा, इतिहास, वैदेशिक मामिलालगायत क्षेत्रका अग्रणी ज्येष्ठ नागरिकसित भलाकुसारीसमेत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं ३ का प्रमुख अनुराधा कोइराला, वरिष्ठ साहित्यकार वैरागी काइँला, तारानाथ शर्मालगायतको सहभागिता थियो । रासस

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्