उर्लाबारीमा सडक सुरक्षा सचेतना कार्यक्रम


 


उर्लाबारी, असोज १५

ब्राह महिना बाह्र सामाजिक काम, युनिभर्सल युथ ग्रुपको पहिचान भन्ने नाराका साथ उर्लाबारीको युनिभर्सल युथ ग्रुपले आज सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

ग्रुपले उर्लाबारीको मंगलबारे, मुख्य चौक, हाटखोला र बरगाछीमा सो कार्यक्रम संचालन गरेको हो । प्रदेश नं. १ ट्राफिक प्रहरीका डिएसपी कृष्ण प्रसाईको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा एक हजार जना चालकलाई खादा ओढाएर सम्मान् गरिएको थियो । सवारी दुर्घटना कम गर्न चालकहरुलाई सम्मान्सहित सचेतना सम्बन्धी पर्चा पम्पप्लेट वितरण गरेको ग्रुपका अध्यक्ष सुनिल धिमालले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरी कार्यालय उर्लाबारीको समन्वयमा भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीसहित जनप्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक विजय धिमालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्