नेकपा प्रदेश १ संसदीय दलको बैठक आज पनि बस्दै



बिराटनगर, असोज १६

प्रदेशको नाम र राजधानीको टुंगो लगाउन भन्दै नेकपा १ नम्बर प्रदेशको संसदीय दलको बैठक आज पनि बस्दैछ । सोमबार कुनै निष्कर्ष निस्कन नसकेपछि आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरू, नेकपाका प्रदेश इन्चार्ज भीम आचार्य लगायतको उपस्थिति रहनेछ ।

हिजोदेखी सुरु भएको बैठकमा प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने विषयमा सांसदहरूसँग छलफल भईरहेको नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । बैठकमा संसदीय समितिहरूको सभापति चयन गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने विषयमा पनि छलफल भईरहेको जनाईएको छ ।

यस्तै प्रदेश सरकारले गर्ने नयाँ कामको थालनी गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । प्रदेश १ मा नेकपाको दुई तिहाई मत रहेको छ । प्रदेशसभामा रहेको दुईतिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक प्रावधान छ ।

नेकपाको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको विषयमा गर्ने निर्णय नै अन्तिम हुनेछ । त्यही कारण पनि नेकपाको बसिरहेको दलको बैठकलाई सबैले महत्वका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News