इलामको पाथीभरामा अतिथि सदन


 


इलाम, असोज १६

पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो ।

विसं. २०६९ सालबाट निर्माण शुरु भएको अतिथि सदन पाथीभरा मन्दिर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनलाई सरल र सस्तो शुल्कमा खान तथा बस्ने व्यवस्था रहेको छ । छ कोठे अतिथि सदनमा एक हल, एक कार्यालय सञ्चालन र चार कोठा पर्यटक आवासका लागि सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दौलत राईले बताउनुभयो ।

पाथीभरा मन्दिर क्षेत्रमा वर्षेनी नेपाल, भारत, भुटान र तेस्रो मुलुकका डेढ लाख भक्तजन तथा पर्यटकले भ्रमण गर्दै आएको संस्थाका सचिव दिलीप राईले बताउनुभयो । रासस

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्