पथरीशनिश्चरेमा फुटबल प्रतियोगिता हुने


 


मोरङ, असोज १६

मोरङको पथरीशनिश्चरे नगरपालिका – १ स्थित सुनाखरी खेलमैदानमा आगामी असोज २२ देखि २९ गते सम्म पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

यूवा पुस्तालाई खेल तर्फ आकर्षित गर्न, खेलकै माध्यमबाट यूवाहरुलाई लागुपदार्थ दुव्र्यसनिबाट टाढा राख्न र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरी राष्ट्रको खेलकुद बिकासमा थप टेवा पुर्याउने उद्धेश्यका साथ खेल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष मिलन राईले बताउनुभयो ।

प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका, व्यापारिक प्रतिष्ठानहरु, र अन्य संघसंस्थाहरु, सामुदायिक वन र देश तथा विदेशमा भएका सहयोगी मनहरुको सहयोगमा आयोजना गर्न लागिएको हो । खेलमा प्रथम हुनेले ५१ हजार १ सय ११ दोस्रो हुनेले ३१ हजार १ सय ११ रुपैंया सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले बताएको छ ।

सो प्रतियोगितामा आयोजक सुनखरी युवा क्लव, लेटाङ फुटवल क्लव, धरान फुटवल क्लव, बेलबारी फुटवल क्वल, योसेक फुटवल क्लव, दमक फुटवल क्लव, र पथरी स्पोर्टिङ क्लव गरि ८ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्