पाँचथरमा भतिजोले गरे काकीलाई बलात्कार



पाँचथर, असोज १६

पाँचथर जिल्लाको फिदिम नगरपालिका–१२ का एक युवकले साइनोले काकी पर्ने २६ बर्षिया महिलालाई बलात्कार गरेका छन् ।  १९ बर्षिय सुमन केरुङले रातको समयमा कोठामा गई जबरजस्ती करणी गरेको पीडित महिलाले बताएकी छिन् ।

उनका अनुसार राती ढोका खोलेर आएका सुमनले मोबाइलमा रहेको फोटो देखाउने बहाना गरेर जबरजस्ती करणी गरेका हुन् । बलात्कार गरेपछि फरार रहेका केरुङलाई पीडित महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव निरिक्षक विष्णु खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News