मन्त्री पण्डितले भने : राजधानी विराटनगर नै हुन्छ



बिराटनगर, असोज १६

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश नं. १ को स्थायी राजधानी विराटनगर नै बन्ने बताउनु भएको छ । उहाँले बिराटनगर प्रदेशको राजधानी बन्ने दिर्घकालीन सोचेर राखेरै विभिन्न काम भएको बताउनुभयो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले विभिन्न कार्यालय, विकास आयोजनाको स्थापना त्यसको उपज भएको बताउनुभयो ।

उहाँले उच्च अदालत भएको स्थानमा राजधानी तोक्ने व्यवस्था भएकोले भविष्यको राजधानी हुने स्थानमा उच्च अदालत रहेको जिकिर गर्नुभयो । उहाँले पूर्वाञ्चलको राजधानी तोकिएको धनकुटालाई इंकित गर्दै इतिहास पल्टाएर हेर्न आग्रह गर्नुभयो । उहाँले देखाउनलाई धनकुटा भए पनि काम भने विराटनगरमा भएका ठूला–ठूला बोर्ड भएका कार्यलयबाटै हुने गरेको बताउनुभयो।

मन्त्री पण्डितले विराटनगर कमजोर नभएकोले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले सबै हिसावले विराटनगर परिपुर्ण रहेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News