के हस्तमैथुन गर्ने मानिस कमजोर हुन्छन् ?


 


जन्मजात मानिसले यौनिक हुन्छ । आफ्नो जिज्ञासु स्वभावका कारण आफ्नो शरिरको बारेमा खोजिनिती गर्ने गर्छन् । कुन अंगको स्पर्शबाट कम र कुन अंगबाट बढी सुखानुभूति प्राप्त हुने गर्छ भन्ने बारे थाहा पाउने गर्छन् । जन्मदेखि एक वर्षसम्मको उमेरमा यौन उत्तेजनाको केन्द्र मुख हुने फ्रायडले बताए ।

उनी भन्छन्, स्तनपान वा अन्य केही कुरा चुसेर बालकले आनन्द प्राप्त गर्ने गर्छ ।त्यसपछिको समयमा त्यस्तो केन्द्र मलद्वारमा हुन्छ र दिसा गर्दा बालकले त्यस्तो आनन्द पाउँछ । यो अवस्था १ देखि ३ वर्षसम्मलाई मानिएको छ । त्यसपछि बालक लैङ्गिक अवस्थामा प्रवेश गर्छ र उक्त अवस्थामा पनि मुख, ओठ अनि मलद्वार क्षेत्र यौन आनन्दको प्रमुख अंगका रूपमा कायम रहन्छ ।

बालकले ३ वर्ष देखि ५ वर्ष सम्मको उमेरमा यौन उत्तेजनाको केन्द्र यौनाङ्गमा हुन्छ । केटाहरुमा लिङ्ग यसको केन्द्र हुन्छ भने केटीहरुमा भगांकुर । यो अवस्थामा छोराहरु आफ्नो आमा प्रति र छोरीहरु आफ्नो बाबू प्रति आकर्षित हुने गर्छन् । केटीहरुको लागि यो अवस्थालाई ओपिडल अवस्था तथा केटीहरुका लागि इलेक्ट्रिा अवस्था भनिन्छ ।

यो पछिको अवस्थलाई सुषुप्ताको अवस्था भन्ने गरिन्छ । पाँच वर्षको उमेरपछि किशोरावस्थामा नपुगुन्जेलसम्म बालबालिकाहरू यही अवस्थामा रहन्छन् । किशोरावस्थामा वयष्क हुने क्रमको थालनी हुन्छ । यौन परिवर्तनका लागि आवश्यक आन्तरिक रसहरूको स्राव सुरु भएपछि किशोरावस्थाको थालनीसँगै यो लैंगिक अवस्था वयस्कको जस्तै भएर जान्छ र यौन उत्तेजनाको केन्द्र लिंगमा हुन्छ । यो अवस्थामा लिंग चलाउनु खेलाउनु र आनन्द प्राप्त गर्नु एक किसिमकले स्वभाविक रूपमै हुन थाल्छ ।

यस्तो छ हस्तमैथुनका असरहरु

यौन आनन्द प्राप्त गर्ने एक माध्यमध्य नै यौन अंगको आसपास घर्षण गराउनु हो ।मानिसले आफ्नो यौन अंगको घर्षण अरु कसैको यौन अंगमा गराए मात्र यौन आनन्द प्राप्त गर्छन् भन्ने होइन । सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द प्राप्त गर्ने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन र हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।

यसलाई प्राकृतिक नमान्नेहरूमध्ये कसैले यसलाई पापसँग जोडेका छन् भने कसैले खराब स्वास्थ्यसँग । त्यसैले समाजमा अनेक मिथ्या धारणाहरू व्याप्त छन् । हस्तमैथुनले अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरू व्याप्त छन् । यसले स्मरण शक्तिमा पनि ह्रासमा आउने होइन ।

यस्तो छ हस्तमैथुन गर्दाको फाइदा

हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । तनावबाट मुक्त मानिस बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ र उसको स्मरण शक्तिसमेत बलियो बनाउँछ । यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपययौन अपराधलाई कम गर्नको लागि सहयोग पुग्छ । आवश्यक गर्भधारण देहव्यापारीसँग यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च अुने तथा समय दुरुपयोगबाट पनि जोगाउँछ ।

अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेको एचआईभी वा अन्य यौन संक्रमणहरु सर्नबाट पनि जोगिन सकिन्छ । मानिसले वाल्यकालदेखि नै ठूला व्यक्तिहरूको व्यवहारलाई चनाखो रूपमा अवलोकन गरिरहेको हुन्छ र त्यसैका आधारमा यौनसम्बन्धी धारणा बनाउन थाल्छ । त्यसैले यसमा हाम्रा सामाजिक मूल्य मान्यताको ठूलो हात हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य–मान्यताले यस्ता नकारात्मक असरहरू देखा पर्छन् ।

हस्तमैथुनले मानिसलाई कमजोर बनाएको हो ?

स्वभाविक रुपमा भन्नुपर्दा शारीरिक परिश्रम हुने क्रियाकलाप गर्दा थकाइ लाग्छ । धेरै शक्ति खर्च हुने किसिमको क्रियाकलापमा बढी थकाई लाग्नु स्वभाविक पनि हो । एकै किसिमका क्रियाकलापले गर्दा कति शक्ति खर्च हुन्छ भन्ने कुरा उक्त क्रियाकलापको तीव्रता समयावधि अनि व्यक्तिको तौलजस्ता कुरामा भर पर्छ ।

अब हस्तमैथुन गर्दा कति शक्ति खर्च हुन्छ हेरौं । सामान्यत स् हस्तमैथुन गर्दा यस्तै ३ देखि ६ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ । दौडँदा यस्तै १४ देखि १८ क्यालोरी प्रतिमिनेट, भर्‍याङ चढ्दा यस्तै १२ देखि १४ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने पौडी खेल्दा यस्तै १० देखि १२ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ ।

तुलनात्मक अध्ययनपछि थाहा पाइसक्नुभएको होला रु हस्तमैथुन एउटा विशेष शक्ति अर्थात क्यालोरी खर्च हुदैन् । यसरी लामो समयसम्म थकाइ लगाउने कारणहरूमा रक्तअल्पता, निराशपन, चिन्ता, खानासम्बन्धी एलर्जी, ह्दयरोग, मधुमेह, निदाएका बेला सास रोकिने अवस्था, थाइराइडले राम्रोसँग काम नगर्ने जस्ता कतिपय कारण हुन सक्छन् । यसमा तपाईंले हस्तमैथुनलाई दोष दिनुभन्दा चिकित्सकबाट जाँच गराउनु नै बेस होला ।

समाधानको उपाय

मुख्य बुझ्नुपर्ने कुरा हस्तमैथुनले बाहिर चर्चा गरिएजस्तो स्वास्थ्यसम्बन्धी हानी नोक्सानी पुर्याउँदैन् । प्रकृतिक यौन क्रियाकलाप यौन क्रियाकलापको उपचार गर्ने चलन रहेको छ । प्रशस्त खर्च गर्ने गराउने काम पनि हुन्छ । एजेन्सी

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्