बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित


 


काठमाण्डौँ, असोज १६

बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालले खराब सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २ –० गोल अन्तरले पराजित भयो । २७ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको ताजकिस्तानले ६९ औं मिनेटमा दोस्रो गोल गरेको थियो ।

पहिलो खेलमा पराजित भएपछि नेपाललाई सेमिफाइनल प्रवेश कठिन बनेको छ । नेपाल रहेको समूहमा ताजकिस्तान र प्यालेस्टाइन छन् । समूहका उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रकाशित मिति: १६ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्