प्रधानमन्त्रीले जे बोल्यो, त्यसको ठिक उल्टो हुन्छ : मुख्यमन्त्री गुरुङ


 


काठमाडौं, असोज १७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताउनुभएको छ । चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘चिनियाँ राष्ट्रपति सी जिनपिङ घरघरमा पुग्या छन्, उहाँले जे बोल्यो त्यो पोलिसी हुन्छ तर हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुन्छ, मान्छेले पत्याउँदैनन्, हाँसेर उडाउँछन् ।’

चीनले गरेको विकासबारे जानकारी गराउने क्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । ग्वाङझाउबाट छुट्टिएको ३० वर्षमै हाइनानले उच्चस्तरको विकास गरेको उहाँले बताउनुभयो । शासकीय पद्धतिले पनि विकासमा असर पार्ने उहाँको भनाइ थियो । –नागरिक दैनिकबाट

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्