प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन



काठमाडौं, असोज १७

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे दुई महिना बित्न लाग्दासमेत अझै दोषी पत्ता लाग्न सकेको छैन ।

दोषी पत्ता लगाउनुपर्ने र गृह मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । हत्यारा पत्ता लगाउन सरकार असफल भएको, प्रहरीले नै प्रमाण नष्ट गरेकाले उसलाई पनि कारवाही गरिनुपर्ने लगायतका माग राखेर कञ्चनपुरमा स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।

निर्मलाको हत्यापछि प्रमाण लुकाउने भूमिकामा रहेका भनिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र स्थानीय आयुसको डीएनए परीक्षणपछि रिपोर्ट नमिलेको पाइएपछि स्थानीयले थप आशंका गरेका छन् ।

उनीहरुले यो घटनालाई थप रहस्यमय भन्दै आन्दोलन चर्काउने बताएका छन् । नागरिक संघर्ष समिति गठन गरेर आन्दोलन थालिएको छ भने प्रमुख प्रतिपक्ष कांग्रेसका भ्रातृ संगठन पनि आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News