नेपालद्धारा म्यानमार ८ विकेटले पराजित


 


काठमाण्डौँ, असोज १७

दुई वर्षपछि अष्ट्रेलियामा हुने टी – २० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे । विनोद भण्डारीमा १ रनमा नटआउट रहे । ओपनर प्रदिप ऐरीले भने खाता नै खोल्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो ।

नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्