देश र जनताका लागि उत्तरदायी भएर काम गराै –मुख्यमन्त्री रार्इ


 


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भन्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै दुबै सरकारले प्राकृतिक स्रोत, साधन र सम्पदाको उचित बाँडफाँड गरेर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

स्थानीय सरकारले अधिकारको जथाभावी प्रयोग नगर्न सुझाव दिँदै मुख्यमन्त्री राईले जनताको हित र स्वार्थलाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्ने धारणा राख्नुभयो ।

परिषद्को संयोजकसमेत रहनुभएका मुख्यमन्त्री राईले स्थानीय तहमा देखिएका समस्या हल गर्न बैठकले मद्दत गर्ने कुरामा जोड दिनुभयो ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्