चिनियाँ टोलीले झापाका नदीको किन अध्ययन गर्दैछ ?


 


झापा, असोज १७

नेपाल र चीनबीच तटबन्ध निर्माणको सहमति भएपछि झापाका विभिन्न नदीमा चिनियाँ प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ । बाढीले जोखिमयुक्त नदीहरुमा तटबन्ध निर्माण गरिदिने सम्झौता अनुसार चिनियाँ टोलीले माटो परीक्षण र नदीको बहावबारे अध्ययन गरिरहेको हो ।

गत असारमा चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीले बाढीको जोखिम रहेका क्षेत्रमा चीनलाई तटबन्ध निर्माण गरिदिन प्रस्ताव गर्नुभएको थियो । चिनियाँ पक्षले तट निर्माण गरिदिने सम्झौता गरेको थियो ।

सोही सम्झौताबमोजिम चिनियाँ प्राविधिक टोलीले गत साउनमा झापाका ९ नदीमा अध्ययन गरेको थियो । अहिले दोस्रोपटक आएको टोलीले पुनः माटोको परीक्षण गर्न लागेको छ ।

गत आइतबार झापा आइपुगेको टोलिले स्थानीय जनप्रतिनिधिसँग छलफल गरी सोमबारबाट माटो संकलनको काम सुरु गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोेर्तेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्