दुई गम्भिर घाइते भएपछि भक्तपुरमा स्थानीयले ट्रिपर जलाए


 


काठमाडौं, असोज १७

भक्तपुरको सूर्यविनायकमा टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् । टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीेहरुको सनाखत भएको छैन ।

यस्तै दुर्घटनापछि सूर्यविनायकमा स्थानीयले टिपरमा आगजनी गरेका छन् । स्थानीयको भिड नियन्त्रण बाहिर भएपछि प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्