प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै



काठमाडौं, असोज १८

प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुई साता लामो अमेरिकाको भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । प्रधानमन्त्री ओली अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुहुनेछ ।

संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन असोज ६ गते अमेरिकाको न्यूर्याेक जानुभएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लाग्नुभएको हो । न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News