माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता


 


काठमाडौं, असोज १८
माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एन.बि.आई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सो सम्झौता अनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सञ्जिब सुब्बाले हस्ताक्षर गर्नुभयो । बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्