काँग्रेस एक ढिक्का हुनुपर्नेमा महामन्त्री कोइरालाको जोड



विराटनगर, असोज १९

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काँग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।

नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज बिराटनगरमा उद्घाटन गर्दै राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती भए पार्टी चुप लागेर नबस्ने बताउनुभएको छ । उहाँले विपी कोइराला आर्थिक अनुशासनमा बस्ने र कार्यकर्तालाई धेरै माँया गर्ने स्वभावको भएकोले विगतमा काङ्ग्रेसले ऐतिहासिक सफलता प्राप्त गरेको बताउँदै अहिलेको नेतृत्वमा पनि त्यस किसिमको स्वभाव आउनु पर्छ भन्नुभयो ।

प्रदेश नं १ काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको राजनीतिक परिवर्तनमा राष्ट्रसेवक कर्मचारीको भूमिका सराहनीय छ भन्नुभयो । काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनतालाई विश्वास दिलाउन नसकेका कारण पार्टी कमजोर भएको धारणा राख्नुभयो ।

युनियन(सङ्घ) प्रदेश नं १ का सभापति दिपेन्द्र खत्रीको सभापतित्वमा भएको सो कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, संघका मोरङका अध्यक्ष चन्द्रप्रसाद कट्टेलले पनि बोल्नु भएको थियो । दुई दिने सो प्रशिक्षणमा प्रदेश नं १ अन्तर्गत १४ जिल्लाका करीब ३०० सङ्घसँग आवद्ध कर्मचारीको सहभागिता छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News