भीआईपी जुवा अखडामा प्रहरीको छापा, दुई जनाको मृत्यु



काठमाण्डौँ, असोज २०

काठमाण्डौँको मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडामा गएराति प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा हान्दै गरेको अवस्थामा ४ तला माथिबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सरोज घले र सानु लाल तामाङ छन् । प्रहरी अप्रेशनका क्रममा हामफालेका दुईजनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भन्नुभयो, ‘एक महिला सहित २३ जना पक्राउ परेका छन्, थप अनुसन्धान भईरहेको छ ।’

मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सानु लाल तामाङको गएराति नै ललितपुरको ग्वार्काे स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News