इन्टरपोलका प्रमुख बेपत्ता


 


एजेन्सी, असोज २०

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु गरेको छ ।

तर फ्रान्सले उनी आफ्नो मुलुकबाट नहराएको दाबी गरेको छ । ६४ वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुन् ।

मेङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो । इन्टरपोलले एक विज्ञप्ति जारी गर्दै मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी भएको र अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ । यो विषय फ्रान्स र चीनका सम्बन्धित निकायको चासो भएको उसले जनाएको छ ।

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री थिए ।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्