एक महिनाभित्रै विराटनगरमा रेल


 


विराटनगर, असोज २०

भारतको बथानाहबाट एक महिनाभित्रै विराटनगरमा रेल आउने भएको छ । नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार निर्माणाधीन रेलमार्ग अनुगमन गर्‍यो । भारतको बथनाहादेखि विराटनगर महानगर–१८ स्थित बुधनगर भन्सार यार्डसम्म रेल चलाउन लागिएको हो ।

उक्त रेलमार्ग बथनाहादेखि कटहरीसम्मै पुर्‍याउने लक्ष्य छ। जुन १८ दशमलव ६ किमि हुनेछ। त्यसमध्ये ७ दशमलव ६ किमिको काम अन्तिम चरणमा पुगेकाले विराटनगरसम्म रेल आउने भएको विभाग महानिर्देशक बलराम मिश्रले बताउनुभयो ।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्