कक्षा ११ को परीक्षाफल सार्वजनिक (हेर्नुहोस् नतिजा)


 


काठमाडौँ, असोज २०

ग्रेडिङ प्रणाली अन्र्तगतको कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । विगतका वर्षहरुमा भन्दा यस बर्ष कक्षा ११ को नतिजा चाँडै प्रकाशित गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले आज शनिबार साँझ परीक्षाफल सार्वजनिक गरिएको छ। बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार ८ सय सय ९१ जना, आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीतर्फ ३९ हजार ५ सय ५ जना परीक्षार्थी सहभागी थिए ।

जस मध्ये नियमिततर्फको एक हजार एक सय विद्यार्थीको जीपीए ३.६१ देखि ४.०, आठ हजार नौ सय ४९ जनाको जीपीए ३ देखि ३.६०, २४ हजार पाँच सय १५ विद्यार्थीको जीपीए २.८१ देखि जीपीए ३.२०, ४८ हजार सात सय ३१ को जीपीए २.४१ देखि २.८०, ८६ हजार सात सय ७० जनाको जीपीए २.१ देखि २.४०, ९२ हजार पाँच सय ९३ जनाको जीपीए १.६१ देखि २, ४१ हजार चार सय ६ जनाको जीपीए १.२१ देखि १.६०, आठ हजार एक सय २७ जनाको जीपीए ०.८१ देखि १.२०, २० हजार ६ सय ८५ जनाको जीपीए ० देखि ०.८० रहेको छ।

आंशिकको अंक पद्धतितर्फ ३८.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।  नतिजा http://www.neb.gov.np वा http://neb.ntc.net.np मा हेर्न सकिनेछ । neb symbol no टाइप गरेर १६०० मा एसएमएस ठाउन सकिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्