यो कस्तो परम्परा, जहाँ आमाछोरीको एउटै लोग्ने !


 


आमाछोरीको एउटै पति भएको सुन्दा अचम्म लाग्नु स्वभाविक नै हो । नेपाली समाजमा यसलाई गम्भिर हाडनाताको अपराध मानिन्छ । विश्व आधुनिकता तर्फ अघि बढिरहेका बेला आमाछोरीको एउटै पति भएको सुन्दा आश्चर्य लाग्नु अस्वभाविक होइन ।

विज्ञानका हिसावले पनि बाबुछोरीको यौन सम्बन्धबाट जन्मने बच्चा हरेक किसिमले कमजोर हुने बताइन्छ । तर, बंगलादेशको एक जातिमा भने आमाछोरीले एउटै पति अस्वीकार्नु बाध्यात्मक अवस्था रहेको छ ।

बंगलादेशको मन्डी जातिमा आमाछोरीको एउटै पति स्वीकार्नु परम्परा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ती सञ्चार माध्यमहरुका अनुसार ३० वर्षीया ओरोला डालबोटका बुवाको मृत्यु भएको थियो ।

त्यत्तिखेर ऊ निकै सानी थिईन । बुवाको मृत्यु भएसँगै उनकी आमाले दोश्रो विवाह गरिन् । ओरोलालले भनिन्, ‘दोश्रो पिताको नाम नाटेन थियो ।’ नाटेन आफूलाई देख्दा निकै खुसी हुने उनले बताइन् ।

उनी कहिले काहीँ सोच्थी आमाले कति राम्रो नाटेन जस्ता पति पाइन् । जब किशोरावस्थामा प्रवेश गरिन् तब उनले थाहा पाइन की उनका पिता नाटेन नै उनका पति हुन् । यो थाहा पाएसँगै ओरोला निकै दुःखी भइन् ।

पिता सरह देखिएका जुन व्यक्तिसँग नै ओरोलाको तीन वर्षको उमेरमै विवाह गरिदिइएको थियो । तर, यो एक परम्परा हो । कुनै महिलाको पति कम उमेरमा मृत्यु भएमा उसको आफ्नो पतिको परिवार भित्रैका कम उमेरका व्यक्तिसँगै विवाह गर्नु पर्ने परम्परा रहेको छ ।

ओरोलाको आमाले पनि यो परम्परालाई स्वीकार्नु पर्ने भयो । यसै परम्परा अनुसार कम उमेरका नयाँ पतिसँग आफ्नी छोरी ओरोलाको साथ विवाह मण्डपमा एकै चोटी विवाह गरिन् ।

यसै परम्परा अनुसार आफ्नो आमाको पति नाटेनलाई आफ्नो पनि पति स्वीकार्दै ओरोलाको तीन वटा बच्चा भए भने आमाको पनि नाटेनबाट दुई वटा बच्चा भए । दुवै आमाछोरी एकै पतिका साथ एउटै घरमा बस्ने गरेका छन् । एजेन्सी

प्रकाशित मिति: २० आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्