आज किन बस्दैछ नेकपाको सचिवालय बैठक ?



काठमाण्डौँ, असोज २१

बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आज अपरान्ह सचिवालय बैठक बोलाउनु भएको हो ।

यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा नेता नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गर्नुभएको थियो । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।

प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News