भोजपुर सदरमुकाममा आगलागी


 


भोजपुर, असोज २१

भोजपुर सदरमुकाममा आज दिउँसो आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । दिउँसो तीन बजे ग्यास सिलिन्डर लिक भएर सदरमुकामको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा आगलागी भएको हो ।

घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिव आधा घण्टापछि स्थानीयवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीबाट उक्त घरमा सञ्चालित केएफसी होटलसँगै अर्काे एक किराना पसलको सम्पुर्ण सामान जलेर नष्ट भएको छ ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगो चाँडै नियन्त्रणमा आएकाले अन्य घरहरु क्षति हुनबाट जोगिएका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्