अचानक किन स्थगित भयो नेकपाको सचिवालय बैठक ?



काठमाडौं, असोज २१

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण नेकपाको आज बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ ।

बैठक भोलि बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । दुवै अध्यक्ष शुभशंकर कँडेलको पुस्तक विमोचनमा व्यस्त भएकाले सचिवालय बैठक सरेको हो ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा नेता नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गर्नुभएको थियो । सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News