आगलागीबाट रु छ लाखको क्षति


 


मोरङ, असोज २२

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४० मन धान, चार मन चामल, चार मन तोरीसहितका खाद्यान्न जलेर नष्ट भएको घरधनी राईले बताउनुभयो । स्थानीयवासीले आगो नियन्त्रणमा लिइसकेपछि दमक र इटहरीको दमकल आइपुगेको थियो ।

आगलागीबाट एउटा बाच्छी मरेको तथा एउटा गाई र एउटा खसी घाइते भएको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट (बाँस्तोला), वडाध्यक्ष यामप्रसाद गुरागाईंसहितका जनप्रतिनिधिले आज बिहानै आगलागीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्